२०८१ बैशाख १३ गते बिहिवार

६९औं प्रजातन्त्र दिवस ३ दिन मनाउने तयारी

दाङ, फागुन ५ । जिल्लामा विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा आइतवार बसेको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले ६ देखि ८ गतेसम्म सरकारी कार्यालय , राजनीतिक दलका कार्यालय र नगरबासीले आ–आफना घर आगन सरसफाई गरेर दिपावली गरेर प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसैगरेर बैठकले फागुन ७ गते घोराही उपमहानगरपालिकाको सभाहलमा प्रजातन्त्रको महत्व विषयमा अन्तक्रिया गर्ने निर्णय गरेको छ ।

त्यो कार्यक्रममा सहभागि हुन बैठकले सवैमा अनुरोध समेत गरेको छ । प्रजातन्त्र दिवस मनाउन जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा प्रजातन्त्र दिवस जिल्ला समारोह समिति समेत गठन गरिएको छ । बैठकमा घोराही उपमहनगरपालिका प्रमुख नरुलाल चौधरी, सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *