२०८२ चैत्र १ गते आइतवार

प्यूठान जीप दुर्घटना ः घाइते थप दुईको मृत्यु

प्यूठान,साउन १५ । शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।

घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरको जीप फर्कने क्रममा शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भ्यागुतेमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ की ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो।

घाइते भएका रूपन्देही सिद्धार्थनगर नगरपालिका -४ की ५४ वर्षीय कान्ति कर्ण र मायादेवी-३ का ७० वर्षीय पटवारी कुहारको पनि उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि १५ जना घाईते छन्। घाइतेमध्ये मायादेवीका ९ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ६ जना छन्।

उनीहरूको रूपन्देहीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *