तुलसीपुर,साउन १५ । सहिद मनोज,झपेन्द्र,सुरेन्द्र स्मृति दिवस २०७९ को सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन दाङले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सगंठनले आइतवार एक कार्यक्रमका बिच तुलसीपुर–६ स्थित मानवसेवा आश्रम भोजन तथा खाद्यान्न वितरण गरेको हो ।
त्यस अवसरमा १२ हजार नगद,१०० के.जी चामल.,२० के.जी आटा,१२ के.जी चिउरा, ५ केजी दाल, ५ लिटर खाने तेल, २ पोका नुन लगाएतका खाद्यन्न सामाग्रीहरु वितरण गरिएको सगंठनका जिल्ला सचिव बाबुराम न्यौपानेले जानकारी दिए ।
नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
नेपाल निजामति कर्मचारी सङ्गठन तुलसीपुर नगर अध्यक्ष भेषराज चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सङ्गठनका जिल्ला सचिव बाबुराम न्यौपानेले गरेका थिए ।
साथै दिवसका अवसरमा सगंठनले साउन १४ गते घोराहीमा रहेको बालविद्यामन्दिरमा एक वटा ठुलो टिनको बाकस, सात दर्जन कपी, सात प्याकेट पेन्सिल लगायतका शैक्षिक सामाग्री वितरण गरेको थियो ।