२०८२ जेष्ठ ३० गते शुक्रवार

बाउजर ट्याङ्कमा तुलसीपुर नगरको ताला

तुलसीपुर, साउन १५ । दाङ टरिगाउँ एयरपोर्टबाट बिमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजान थालेपछि तुलसीपुर उपमहागनरपालिकाले ताला लगाएको छ ।

उपमेयर श्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी ब्यबसायी र जनप्रतिनिधिको टोलीले टरिगाउँ एयरपोर्टमा रहेको बाउजर ट्याङकर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाट तालाबन्दी गरिएको छ ।

आइतबार बाउजर मेसिन फिर्ता लैजान थालेको कुरा सार्वजनिक भएपछि उपमेयर चौधरी, तुलसीपुर – १२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रशाद चालिसे, महासचिव विनिल केसी लगाएतको टोली टरिगाउँ एयरपोर्टमा पुगेको थियो ।

त्यसक्रममा उपमेयर चौधरीले कुनैपनि हालतमा बाउजर मेसिन फिर्ता जान नदिने र त्यस्तो स्थिति उत्पन्न भएका बाटोमै सुत्ने बताएकी थिइन ।
बिक्रम संबत २०११ सालमा स्थापना भएको टरिगाउँ एयरपोर्टमा पहिलो पटक गत जेठ महिनामा बिमानमा इन्धन भर्न प्रयोग हुने बाउजर दाङ एयरपोर्टमा ल्याइएको थियो ।
त्यही बाउजरपनि फिर्ता लैजान थालेपछि सर्वसाधारणदेखि स्थानीय जनप्रतिनिधि , ब्यबसायी सबै बिरोधमा उत्रिएका छन् ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघले हवाई इन्धन डिपो कार्यालय दाङ तुलसीपुरका प्रमुख बिपिन श्रेष्ठलाई ज्ञान पत्र बुझाएको छ ।

बाउजर मेसिन फिर्ता लैजाने निर्णयको बिरोधमा वाणिज्य संघका पदाधिकारीले प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन ।

अध्यक्ष रामप्रशाद चालिसे र महासचिव विनिल केसी लगाएतले टरिगाउँ एयरपोर्ट परिशरमै प्रमुख श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन ।

तस्विर ः शरद रेग्मी ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *