२०८१ जेष्ठ ५ गते शनिवार

सिमेन्ट उद्योगहरुले गरेको वाचा पुरा गरेनन्

कपुरकोट–निगालपानी सडकको अवस्था उस्तै

शंकर केसी, सल्यान, साउन १५ । कपुरकोट–निगालपानी सडकको स्तरोन्नती कार्य सन्तोषजनक नभएको सरोकारवालाहरुले गुणासो गरेका छन् ।

सल्यानको कपुरकोट गाउँपालिकामा गठन भएको अनुगमन समिति र स्थानीय स्तरमा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधिसहितको टोलिले सडक स्तरोन्नती कार्य निकै कमजोर रहेको निष्कर्ष निकालेको हो ।

गाउँपालिका अध्यक्ष सहित अनुगमन समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी लगाएतको सरोकारवालाहरुको संयुक्त अनुगमन टोलिले सडकको अनुगमन गरेको हो ।

अनुगमन टोलिले सडकमा नाला नबनाएको, माटो राखेर सडकका खाल्डा मात्रै पुर्ने काम गरेको, उपयुक्त र प्रभावकारी ग्राभेल नगरेको तथा सडक स्तरोन्नतीको कार्य सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको हो ।

कपुरकोट गाउँपालिकाले गत जेठ १८ गतेको सडक मर्मतको प्रभावकारी काम नभएसम्म र खानी उत्खननको इजाजत पाएका उद्योगबाट चुन ढुंगा निर्यातको अनुमतिको प्रमाण पेश नभएसम्म कपुरकोट निगालपानी सडक खण्डमा ट्रिपर सञ्चालन नगर्न सम्बन्धित उद्योगलाई पत्राचार गरेको थियो ।

त्यसपछि रोल्पा सिमेन्ट प्राली र घोराही सिमेन्ट प्रालीले उक्त सडक खण्डमा गिट्टी बिच्छाउने तथा रोलर प्रयोग गरी ग्राभेल गर्ने प्रतिबद्धतासहित टिप्पर सञ्चालनमा आएका थिए । तर, त्यस अनुसार काम नभएको स्थानीयले बताएका छन् ।

गाउँपालिकामा आयोजित छलफल कार्यक्रममा नेकपा एमालेका प्रतिनिधिहरु रुपक बुढा, द्रोण केसी, नेपाली कांग्रेसका प्रतिनिधिहरु यगराज वली, सन्तोष बुढाथोकी, माओवादी केन्द्रका प्रतिनिधीहरु पवन कार्की, मानबहादुर बुढाथोकी, एकीकृत समाजवादीका प्रतिनिधि तिलक शर्मा, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी तुल्सिराम योगी लगाएतले सडक स्तरोन्नती कार्य गुणस्तरिय नभएको बताएका थिए ।

गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले उत्पन्न समस्या दिर्घकालिन रुपमा समाधानको लागि गाउँपालिका लागि परेको भन्दै जनप्रतिनिधि नागरिक संगै रहने बताए ।

अत्यधिक भारवाहन गरेका ट्रिपर सञ्चालनका कारण जीर्ण र जोखिम युक्त भएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुन ढुंगा ढुवानी गर्ने ट्रिपरका कारण कपुरकोट गाउँपालिका क्षेत्रको सडक जिर्ण बनेको छ ।
जस्को बिरोधमा नागरिक स्तरबाट लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *