२०८१ कार्तिक १८ गते आइतवार

तुलसीपुर–७ को बसन्तपुरमा १ सय केभिए बिद्युत ट्रान्सफर्मर जडान,स्थानीय हर्षित

तुलसीपुर,साउन १४ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित बसन्तपुरमा १ सय केभिए क्षमताको बिद्युत ट्रान्सफर्मर जडान गरिएको छ ।

वडा अध्यक्ष रामबहादुर जिसीको पहलमा बसन्तपुरमा नेपाल बिद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले उक्त बिद्युत ट्रान्सफर्मर जडान गरेको हो ।

शनिवार बिद्युत प्राधिकरण तुलसीपुरको प्राविधिक टोलीले ट्रान्सफर्मर जडान गरेको बसन्तपुर टोल विकास संस्थाका अध्यक्ष उत्तर कुमार खड्काले जानकारी दिए । उनका अनुसार अहिले जडानको काम भएको र अबको केहि दिनमै लाईन सुचारु हुने छ ।


यस अघि ५० केभिएको एउटा ट्रान्सफर्मरबाट वडाको प्रर्सेनी देखि बसन्तपुर,सिम्रागाउँ,ग्वारसुधार,हात्तिदुम्का लगाएतका विभिन्न टोलका करिब ५ सय बढी घरधुरीमा विद्युत सप्लाई हुन्थ्यो । त्यहाँका स्थानिय विद्युत अपुग कै कारण राइसकुकरमा खाना नपाक्ने,मोटर नचल्ने,पँखा नचल्ने जस्ता समस्या झेल्दै आईरहेका थिए ।

यही समस्यालाई मध्ये नजर गर्दै तुलसीपुर– ७ को कार्यालयको विशेष पहलमा नंया बिद्युत ट्रान्सफर्मर जडान गरिएको छ ।

बिद्युत ट्रान्सफर्मर जडान भएपछि अब बिद्युत लो भोल्टेजको समस्या अन्त्य भएको भन्दै स्थानीयवासीहरु हर्षित छन ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *