तुलसीपुर,साउन १४ । दाङमा नहरमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका– १० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बालिकाको शुक्रवार बेलुका नहरमा डुबेर मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार