२०८१ जेष्ठ ५ गते शनिवार

असई चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता

दाङ, साउन १४ । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।

शनिबार पीडित महिलाले जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा पुगेर असई चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दिएकी हुन ।

बाँके जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले पीडितले असईं चौलागाईं बिरुद्ध दिएको जाहेरी दर्ता भएको जानकारी दिए ।

मुद्दा दर्ता भइसकेको हुँदा अब कानुन अनुसार कारबाहीको प्रक्रिया सुरु हुने न्यौंपानेले बताए ।

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउ पछि इप्रका कोहलपुरको हिरासतमा राखिएकी एक महिलालाई सोधपुछको वाहानामा शुक्रबार बिहान २ बजे निकाल्न लगाएर असईं चौलागाईंले भवनको माथिल्लो तलाको आफ्नो कोठमामा लगेका थिए ।

त्यो कुरा बाहिरिएपछि यौंन दुब्र्यबहार तथा बलात्कार गरेको आरोपमा असईं चौलागाईंलाई पक्राउ गरिएको थियो ।

घटनाको बिरोधमा मध्य राति नै हिरासतमा रहेका अन्य बन्दीले होहल्ला गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *