२०८२ चैत्र १ गते आइतवार

कुलोमा डुेबर युवकको मृत्यु

तुलसीपुर, साउन १३ । दाङको तुलसीपुरमा सिंचाई कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ पोटलीका २६ वर्षीय नरेश चौधरीको स्थानीय सिंचाई कुलोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

घर परिवारका अनुसार नरेश छारे रोगका बिरामी थिए । खेतमा पानी लगाउन गएका चौधरीलाई छारे रोगले समातेपछि उनी कुलोमा परेको र त्यही डुबेर मृत्यु भएको पूर्व अनुमान भइ रहेको डिएसपी अर्यालले बताए ।

चौधरीको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *