२०८३ भाद्र ३० गते मङ्गलवार

कोहलपुरका असई चौलागाईं हिरासतकी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

दाङ, साउन १३ । इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बलात्कार आरोपमा पक्राउ परेका छन् ।

साउन ११ गते बहुबिवाह मुद्दामा पक्राउ परेकी इप्रका कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति निकाल्न लगाएर आफ्नो कोठमामा पु¥याई बलात्कार गरेको आरोप पछि चौलागाईं पक्राउ परेका हुन ।


शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलमा लगेपछि उनीमाथि यौन दुब्र्यबहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ गर्नु परेको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


चौलागाईंलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्जको थुनुवा कक्षमा राखेर घटना अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

पीडितलाई लिखित जाहेरी दिनका लागि आग्रह गरिएको भएपछि पीगित भनेकी महिला र उनका बाबु आमाले बलात्कार नभएको दाबी गर्न थालेको एसपी अधिकारीले जानकारी दिए ।


पीडितको चाहाना अनुसार प्रहरी अगाडि बढ्ने उनले बताए । प्रहरी असईले शुक्रबार बिहान २ बजेरित प्रहरी हिरासतमा भएकी महिलालाई डिउटीका प्रहरीलाई भनेर निकाली सोही भवनको आँफु बस्ने माथिल्लो कोठामा सोधपुछको बाहानामा पु¥याएका थिए ।
त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए । लगेको दश मिनेट पछि असईंले ती महिलालाई फिर्ता गरेको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।


घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *