२०८३ भाद्र १३ गते शनिवार

रोल्पा नगरपालिकामा अब सुरक्षित खानेपानी

रोल्पा,साउन १२ । रोल्पा नगरपालिकाले नगरभित्रका सामुदायहरुमा सुरक्षित खानेपानीको व्यवस्थान गर्न विभिन्न कार्यक्रमहरु अघि सारेको छ।

सुरक्षित खानेपानी युक्त समुदाय निर्माणका लागि नगरले कार्यविधि नै बनाएर विभिन्न योजनाहरु तय गरेको हो। त्यसका लागि नियमित अनुगमन गर्न समिति गठन, गुणस्तर मापनका लागि मिनि ल्याबको स्थापना गरिएको वास फोकल पर्सन निसान आचार्यले बताए।

‘पहिलो चरणमा विभिन्न स्वास्थ्य संस्था, विद्यालय र समुदायलाई छनोट गरी त्यहाँको खानेपानी सेवालाई स्तरोन्नति गरिदै छ,’ आचार्यले भने, ‘त्यसपछि विस्तारै सबै समुदाय र क्षेत्रको खानेपानी, सरसफाइ तथा स्वच्छताको सुविधालाई स्तरोन्नति गरिने छ।’

नगरपालिकाले युनिसेफ र हुरेक रोल्पाको प्राविधिक सहयोगमा समुदायलाई खानेपानी सुरक्षा सम्बन्धि तालिम दिई पानी जाँच गर्ने इन्फो किट समेत प्रदान गरेको छ। नगरपालिकाले नमुनाको रुपमा ५ वटा समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणाको तयारी समेत गरेको छ।

जसका लागि वडा नं. २ को थलिबाङ, वडा नं. ४ को लिबाङ, वडा नं. ३ को खुमेल, वडा नं. १० को चिउरीधार र वडा नं.७ को घापालाई छनोट गरिएको वास फोकल पर्सन आचार्यले जानकारी दिए।

यस्तै ३ वटा स्वास्थ्य संस्थाहरु जेदबाङ स्वास्थ्य चौकी, कोटगाउँ स्वास्थ्य चौकी र घापा आधारभूत स्वास्थ्य केन्द्रको खानेपानी सेवालाई पनि स्तरोन्नति गरिने भएको छ। सोही कार्यक्रमका लागि ५ वटा माध्यामिक विद्यालयहरु बाल कल्याण मा।वि, नेपाल मा।वि, बालउदय मावि, राष्ट्रिय मा।वि र तारा मा।विलाई पनि छनोट गरिएको छ।

सुरक्षित खानेपानीका लागि खानेपानी योजनाहरुको अनुगमन, खानेपानीको परिक्षण, सरसफाई, खानेपानी योजनाकोमर्मत् तथा समुदायलाई सचेतना कार्यक्रम समेत सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *