२०८१ भाद्र २६ गते बुधवार

‘सरकारले विकासका काम गर्न सकेन’

काठमाडौँ,  फागुन ४ ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले एक वर्षको अवधिमा सरकारले विकासका काम गर्न नसकेको बताएका छन ।

उनले भने, “दुई तिहाइको बलियो सरकारले महङ्गी र भ्रष्टाचार नियन्त्रण गर्ला भन्ने आशा जनताले गरेका थिए । यो सरकारले त्यो जिम्मेवारी पूरा गरेन ।”  नेकपा (माले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न नसकेको बताए। उनले भ्रष्टाचारको इपिसेन्टर सिंहदरबारबाट स्थानीय निकायमा सरेको आरोप लगाए।

नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले सरकारले महङ्गी बढाएको, सुन तस्करलाई उन्मुक्ति दिएको र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा माफियाकरण गरेको आरोप लगाए । शान्ति, सुरक्षाको अवस्था चिन्ताजनक भएको बताउँदै गजुरेलले संविधानमा जनताको आवाज नसमेटेकाले संविधानलाई जरैदेखि उखेल्नुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकारको एकवर्षे कार्यकाल अलोकप्रिय भएपनि घोषित उद्देश्यअनुसार नै अघि बढिरहेको दाबी गरे । सरकारले योगदानमा आधारित पेन्सनको कार्यक्रम ल्याएको चर्चा गर्दै उनले मजदुरको ज्याला ३९ प्रतिशत वृद्धि गरेको बताए ।

प्रकाशित मिति : २०७५ फाल्गुन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *