घोराही, साउन ११ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ घोराहीका बलिभद्र रानाले आफ्नो जन्मदिनका अवसरमा कार्यकर्ता संरक्षण कोष स्थापनाको घोषणा गरेका छन् ।
जन्मदिनलाई सिर्जनात्मक र रचनात्मक गराउने उदेश्यले पार्टी कार्यकर्ता संरक्षण कोषको स्थापनाको घोषणा गरेको जानकारी दिए ।
संरक्षण कोषका लागि आवश्यक सहयोग रकम भने सल्लाह गरेर घोषणा गर्ने रानाले बताए ।
यो अभियानमा नेता, कार्यकर्ता, जनप्रतिनिधि, ब्यबसायी र शुभेच्छुकलाई जोडेर बृहत कोष बनाइने रानाले बताए ।
पार्टी भित्रका असहाय, अशक्त, गरिब नेता, कार्यकर्ताको उपचारमा थोरै भएपनि सहयोग पुगोस भन्ने उदेश्यले आफ्नै सोचमा कोष स्थापनाको योजना अगाडि सारेको उनले जानकारी दिए ।
घोराही उपमहानगरपालिका वडा नं. १४ का बासिन्दा राना लुम्बिनी प्रदेश निर्माण ब्यबसायी संघको यसअघिका अध्यक्षपनि हुन ।
तस्बिर : फरककोण ।
प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार