लक्ष्मण बस्नेत,
तुलसीपुर, फागुन ४ । राज कुमार स्मृति अन्तर बिधालय स्तरिय टि -२० क्रीकेट प्रतियोगिता २०७५ को उपाधी डिभाईन टेम्पल एकाडेमी तुलसिपुरले चुमेको छ ।
रोटरि क्लव अफ तुलसिपुर सिटि र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको सयुत्त आयोजनामा क्लवका सस्थापक अध्यक्ष स्वर्गीय राज कुमार श्रेष्ठको स्मृतिमा संचालित प्रतियोगिताको फाईनल खेलमा गोरखा मावि तुलसिपुरलाई ३ विकेटको अन्तरले पराजित गर्दै डिभाईनले उपाधी हात पारेको हो ।
विद्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी हात पारेको उसले नगद ३० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो भने फाईनलमा पराजित हुँदै उपबिजेतामा चित्त बुझाउन बाध्य गोरखाले नगद २० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो ।
टस जितेर ब्याटिङ गरेको गोरखाले दिएको ९९ रनको बिजयी लक्ष्य डिभाईन टेम्पलले १९ दशमव ४ ओभरमा हासिल गरेको थियो । जसमा डिभाईनका सौगात ओलिले सर्वाधिक २६ रनको योगदान दिए भने वसन्त मिजार र सुरज केसिले क्रमशः १३ र १२ रन जोडे । बलिङतर्फ समीर शर्मा,लक्ष्मण थापा र बिशाल योगिले समान २/२विकेट लिए भने अच्युत थापाले १ विकेट झार्न सफल भए ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डिभाईनका हरि ओलि म्यान अफ द फाईनल घोषित भए । खेल अबधिभर अम्पायरको भुमिकामा बिनोद सिंह, दिवान पुन ,कमेन्ट्रीमा रोटरी क्लब अफ तुलसिपुरका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठ र स्कोररमा दिनेश पाण्डे रहेका थिए ।
माघ २७ गते बाट सुरु भएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका १२ बिधालयको सहभागिता रहेको थियो ।
यसैबीच प्रतियोगिता समापन समारोह रोटरी क्लब अफ तुलसिपुरका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र रोट्र्याक्ट क्लब तुलसिपुरका अध्यक्ष रुपेश शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्य एवं स्वर्गीय राज कुमार श्रेष्ठ धर्मपत्नी निर्मला श्रेष्ठको बिशिस्ट आतिथ्यमा भएको थियो । सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य वेस्ट ब्याट्सम्यान अमर बोर्डिङ स्कुल काला खोला सबिन पौडेल,बेस्ट बलर डिभाईनका हरि ओलि, वेस्ट फिल्डर र म्यान अफ द सिरिज गोरखाका समीर शर्मा घोषित भए।
रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ को स्वागत रहेको कार्यक्रमको संचालन खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।