२०८३ असार २७ गते शनिवार

टिकटक बनाउन कुपिन्डे दहमा पसेका युवा मृत भेटिए


दाङ,साउन ११ । टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृत फेला परेका छन्।

वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित थापाले जानकारी दिए।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

सल्यान कपुरकोट ६ का बस्नेत दाङको तुलसीपुरमा बस्दै आएका थिए।

डिएसपी खड्काका अनुसार बस्नेत मंगलबार दिउँसो साढे १२ बजेतिर टिकटक बनाउने भन्दै कुपिन्डे दहमा गएका थिए।

उनी धादिङका मूलबहादुर तामाङसँगै त्यहाँ पुगेका थिए। वैदेशिक रोजगारीका क्रममा दुबईमा चिनजान भएका तामाङलाई घुमाउने भन्दै बस्नेत सल्यान गएका थिए।

बस्नेत आफू दहमा पसेर टिकटकका लागि साथीलाई भिडिओ खिच्न लगाएका थिए। केहीबेर भिडिओ खिचेपछि उनी गहिरो भागतिर गएको र फर्किन नसकेको तामाङले बताए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।

गोताखोर परिचालन गरेर उनको खोजी गरिएको थियो।

कुपिन्डे दहमा २०७५ सालमा पनि एक युवक बेपत्ता भएको २८ दिन पछि फेला परेका थिए।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *