२०८२ चैत्र २ गते सोमवार

कोहलपुर घटना ः दाजुको योजनामा भाइ बुहारीको हत्या

दाङ, साउन १० । बाँकेको कोहलपुरमा दाजुको योजनामा सहोदर भाइ र बुहारीको हत्या भएको प्रहरीले बताएको छ ।

सहोदर दाजु बिजयकुमार गडरिया र उनकी श्रीमति रेखाको डिजाइनमा भाइ कृष्ण र बुहारी अञ्जलीको इण्डियाबाट हत्यारा बोलाएर हत्या भएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बाबु आमाले भाइ बुहारीलाई बढी माया गर्ने र आँफुलाई टाढा बनाएको रिसीविकाका कारण हत्या गर्ने योजना दाजुले बुनेको एसपी अधिकारीले बताए ।

जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १४ पावतीपुरका २५ बर्षीय कृष्ण र उनकी २३ बर्षीया श्रीमती अञ्जली गडरिया मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । एक बर्ष पहिले मात्रै कृष्ण र मञ्जुको बिहे भएको थियो ।

उनीहरुका दाजु र भाउजु माथिल्लो तलामा बस्थे । इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बुवा आमा भ्रमणमा गएको मौका छोपी उनीहरुको हत्या भएको थियो ।

घटनामा संलग्न ब्यक्तिहरुको पहिचान लगभग खुली सकेको भएपनि उनीहरुलाई पक्राउ गरेपछि मात्रै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *