२०८३ असार २७ गते शनिवार

लिला बिक र नेवबहादुर घर्ती (मार्सल)सहित ६ जना ब्यक्ति अहपरण तथा फिरौति मागेको अभियोगमा पक्राउ


तुलसीपुर, साउन १० । दाङको बबई गाउँपालिका वडा नं. ४ का ३५ बर्षीय लिला बिक र सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती (मार्सल)सहित ६ जना ब्यक्तिहरु ब्यक्ति अपहरण गरि फिरौति मागेको अभियोगमा पक्राउ परेका छन् ।

उनीहरुले युवतिको प्रयोग दैलेखका एक युवालाई बुटवल बोलाएर त्यहाँबाट अहपरण गरि तुलसीपुरको एक होटेलमा ल्याई बन्धक बनाइ सात लाख रुपैंया फिरौति मागेको आरोप लागेको छ ।

पक्राउ परेका मध्य बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओबादी केन्द्रको वाइसियलका नेताहरु हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले ब्यक्ति अपहरण तथा फिरौति माग्ने कार्यमा संलग्न दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.– ४ खाद्रे का २५ बर्षीय शुकलाल बिक, जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ का २० बर्षीय मनोज थारु, प्युठान जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ७ घर भइ हाल दाङको तुलसीपुर – ६ का २४ बर्षीय जनक कुँवरपनि पक्राउ परेको जानकारी दिए ।

कुँवर पेशाले बागमति प्रदेश ०१–०२५ च ८७२९ नम्बरको को गाडी र सोही गाडी चालक हुन । ब्यक्ति अपहरणमा उक्त गाडी प्रयोग भएको हुँदा त्यो पनि नियन्त्रणमा लिनु परेको इप्रका प्रमुख अर्यालले बताए ।

उनीहरुको पूर्व योजना अनुसार दाङ तुलसीपुर– ७ की २६ बर्षीया निर्मला बिकले दैलेख जिल्लाको चामुन्डाबिन्द्रसैनी नगरपालिका वडा नं. ३ का २७ बर्षीय केशवकुमार बिकलाई फोन गरि भेट्न भनेर बुटवल बोलाएकी थिइन ।

बुटवल लगतै राति ९ बजेतिर केशवकुमार बिकमाथि कुटपिट गरि गाडीमा जवरजस्ती राखिएको कुरा खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए ।

उक्त समुहले केशबलाई दाङको तुलसीपुर उपमहागरपालिका वडा नं. – ५ को सल्यान रोडस्थित युवम होटेलमा ल्याएर राखे ।

त्यहाँ उनीहरुले केशबसंग सात लाख फिरौति मागेको र नदिए जे पनि हुन सक्ने चेतावनी दिएको तथ्थ खुल्न आएको डिएसपी अर्यालले जानकारी दिए ।

घटनाबारे दैलेखबाट केशबकी श्रीमतिले इप्रका तुलसीपुरमा मंगलबार दिउँसो साढे ४ बजे श्रीमान अपहरणमा परेको तथा उद्धारको लागि सहयोग गर्न आग्रह गरेपछि बल्ल केशब अपहरणमा परेको कुरा प्रहरीले जानकारी पाएको थियो ।

ल्गतै इप्रका प्रमुख डिएसपी श्यामु अर्यालको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर केशबलाई उद्धार गरिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *