तुलसीपुर, साउन १० । इलाका प्रहरी कार्यालय तुलसीपुरले जवरजस्ती करणीको मुद्धामा फरार दुई प्रतिवादीलाई प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा तुलसीपुर – ६ मा बस्दै आएका प्रदिप विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.६ मा कोठा भाडा लिएर बस्ने अन्दाजी १८ बर्षीय विकले सोही घरमा बस्ने महिलालाई बुधबार राति साढे ११ बजेतिर जवरजस्ती करणी गरि किरण राणाको रा ६ प ५४०८ नम्बरको मोटरसाईकलमा फरार रहेका थिए । राणा र बिक दुबै फरार रहेको अबस्थामा राणालाई आईतबार घर नजिकै लुकीछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई दाङ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ । त्यस्तै सोही दिन देखि फरार रहेका विकलाई मंगलबार (आज) दिउसो १२ बजेतिर पक्राउ गरिएको हो । उनलाई तुलसीपुर-६ स्थित भित्री सडकमा फेला पारी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।