तुलसीपुर, साउन ९ । दाङको देउखुरीमा पाँच बर्षीया बालिकालाई यौंन दुव्र्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।
देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ५ को स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० बर्षीय श्यामलाल चौधरीलाई प्रहरीले सोमबार बिद्यालय समयपछि पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले आमाले नुहाइदिने क्रममा बालिकाले आफ्नो योनी दुखेको कुरा गरेपछि उनीमाथि भएको दुब्र्यबहारको कुरा बाहिरीएको हो ।
आमाले सोधपुछ गर्दा ती बालिकाले शिक्षकले आफ्नो योनीमा औंला घुसाइ दिएको बताएपछि अभिभावकले शिक्षकले गरेको यौंन दुब्र्यबहार बारे प्रहरीलाई अबगत गराएपछि पक्राउ गर्नु परेको एसपी काफ्लेले बताए ।
एसपी काफ्लेका अनुसार पीडित बालिकाका अभिभावक शिक्षक चौधरी बिरुद्ध लिखित किटानी जाहेरी दिन प्रहरीका पुगेका छन् ।
अभिभावकको किटानी जाहेरी पछि थप अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ ।