घोराही,साउन ९ । दाङको घोराही क्षेत्रका संस्थागत विद्यालय चार दिनलाई बिदा गरिएको छ ।
पछिल्लो चरणमा बढ्दै गएको भाइरल ज्वोरोका कारण निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घोराही नगर प्याब्सन अन्तरगतका विद्यालयहरूमा भोलि मंगलबारदेखि शुक्रबारसम्म बर्खे बिदाका रूपमा बिदा गरिएको हो ।
प्याब्सन घोराही प्याब्सनले आज सोमबार एक विज्ञप्ति जारी गरी विद्यालय बिदा गर्ने जानकारी अध्यक्ष बिरेन्द्र चन्दले बताए ।
‘पछिल्लो चरणमा देखिएको भाइरल सरुवा रोग विद्यार्थीहरु माझ तीव्ररुपमा फैलिएको विद्यमान वर्तमान अवस्था तथा विभिन्न स्वास्थ्य विज्ञहरुसँगको परामर्शमा त्यस्ता संक्रमित विद्यार्थीहरु अन्यको सम्पर्कमा नराख्न सुझाव आए बमोजिम यस स्वास्थ्य समस्यालाई विकराल हुनबाट रोक्न आम अभिभावक, विद्यार्थीहरु, शिक्षक तथा आम नागरिकमा सचेत रहन तथा आ-आफ्नो तवरले सहयोग गर्न अनुरोध गर्दै घोराही प्याव्सन अर्न्तगतका संस्थागत विद्यालयहरुमा यही साउन १० गते देखि १३ गते सम्म वर्षे विदा हुने जानकारी गराइन्छ,’बिज्ञप्तीमा भनिएको छ ।’