२०८२ चैत्र २ गते सोमवार

लुम्बिनीमा सवारी दुर्घटना बढ्दै,३ वर्षमा हजार बढीले ज्यान गुमाए

दाङ,साउन ९ । लुम्बिनी प्रदेशको भौगोलिक अवस्था, अदक्ष चालक, साँगुरो सडक र तीब्र गति लगायतका कारण सवारी दुर्घटनाबाट वर्षेनी सयौं नागरिकले अकालमा नै मृत्युवरण गर्नुपरेको छ ।

दुर्घटनाबाट मृत्यु हुनेको संख्या वर्षेनी बढ्दै गइरहेको छ । लुम्बिनी प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट १ हजार २९३ जनाले ज्यान गुमाएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ मा ३ वर्षको अवधीमा १ हजार २९३ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाएका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा ४८३, २०७७/०७८ मा ५२७ र २०७८/०७९ मा ५५१ ज्नाको सडक दुर्घटनामा परी मृत्यु भयो । तीनवर्षको अवधिमा प्रदेशमा ३ हजार ४ सय ९८ सवारी दुर्घटना भए ।

जसबाट ३ हजार २६० जना गम्भीर घाइते र १ हजार ९३४ जना समान्य घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बु्टवलका प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा सडक दुर्घटनाबाट मानिसले ज्यान गुमाएका छन् । तीन वर्षको अवधीमा रुपन्देहीमा मात्रै ३५९ जनाको मृत्यु भएको छ ।

वितेका ३ आर्थिक वर्ष मध्ये आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशमा सडक दुर्घटनाबाट ५५१ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ््मा उल्लेख छ । यस अवधिमा प्रदेशमा १ हजार १६४ सवारी दुर्घटना भएका थिए ।

जसबाट १ हजार १२३ जना गम्भीर घाइते र ५९७ जना सामान्य घाइते भएका थिए । दुर्घटनाबाट सबै भन्दा धेरै रुपन्देहीमा १२२ जनाले ज्यान गुमाएका थिए । यस्तै दाङमा ९५ जना, बाँकेमा ८२, कपिलबस्तुमा ६८ जना, बर्दियामा ४६ जना, नवलपरासी पश्च्मिमा ३४ जना, पाल्पामा २५, प्यूठानमा २४, रोल्पामा २१, गुल्मीमा १७, अर्घाखाँचीमा ९ र पूर्वी रुकुममा ८ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी प्रवक्ता खाँणले जानकारी दिए ।

आर्थिक वर्ष २०७६र७७ मा १ हजार १२२ सवारी दुर्घटनामा परी ४८३ जनाको मृत्यु भएको थियो । दुर्घटनाबाट १ हजार ५४ जना गम्भीर घाइते र ५९७ जना सामान्य घाइते भएको ट्राफिक प्रवक्ता खाँणले जानकारी दिए।

सो वर्ष दुर्घटनाबाट रुपन्देहीमा १०७, दाङमा ७१ जना, बाँकेमा ७३, कपिलबस्तुमा ४७ जना, बर्दियामा ३८ जना, नवलपरासी पश्च्मिमा ४८ जना, पाल्पामा २२, प्यूठानमा १४, रोल्पामा १३, गुल्मीमा १५, अर्घाखाँचीमा ३२ र पूर्वी रुकुममा ३ जनाले ज्यान गुमाए ।

यस्तै २०७७र०७८ मा लुम्बिनी प्रदेशमा १ हजार २१२ सवारी दुर्घटना भएका थिए । जसबाट ५२७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी १ हजार ८३ जना गम्भीर घाइते भएका थिए ।

सो वर्ष रुपन्देहीमा १३०, दाङमा ७५ जना, बाँकेमा ७७, कपिलबस्तुमा ७४ जना, बर्दियामा ३७ जना, नवलपरासी पश्च्मिमा ५० जना, पाल्पामा २२, प्यूठानमा २४, रोल्पामा ७, गुल्मीमा २२, अर्घाखाँचीमा ५ र पूर्वी रुकुममा ४ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *