२०८१ कार्तिक १८ गते आइतवार

एसईईको नतिजा एसएमएसमार्फत सहज बनाउन स्पारो एसएमएस र परीक्षा बोर्डबीच साझेदारी

काठमाडौं,साउन ९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईई विद्यार्थीहरुको २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउने भएको छ।

यसका लागि स्पारो एसएमएससँग सम्झौता गरेको बोर्डले जनाएको छ। एसईई विद्यार्थीले एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन्।

स्पारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ।

यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएसमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्ध हुनेछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन्।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *