२०८२ चैत्र १ गते आइतवार

अर्घाखाँचीमा पौडि खेल्ने क्रममा डुवेर एक जनाकाे मृत्यु


अर्घाखाँची,साउन ८ । अर्घाखाँचीको सितगंगा नगरपालिका १२ कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा पानीमा डुबि एक जनाको मृत्यु भएको छ ।

अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने २० बर्षिय बिक्रम खनालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार श्रावण ७ गते दिउसोको ३ बजे सितगंगा नगरपालिका १२ कोन्द्रेखोलामा पौडि खेल्ने क्रममा डुबि बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलीले सोहि स्थानमा अचेत अबस्थामा फेलापारी उपचारको लागि सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाएको थियो ।

बेलुका करीव ५ बजे खनालका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारी दिए ।

मृत्यु पश्चात शव पोष्टमाटमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइए र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *