२०८१ बैशाख २२ गते शनिवार

साढे ३ बर्षीया बालिकामाथि बलात्कार पछि भिरबाट लडाएर हत्या प्रयास


तुलसीपुर, साउन ८ । दाङको बबई गाउँपालिकामा साढे ३ बर्षीया एक बालिकामाथि बलात्कार पछि भिरबाट लडाएर हत्या प्रयास भएको पाइएको छ ।

जिल्लाको बबई गाउँपालिका वडा नं.– ४ खयरभट्टीस्थित मामाको घर आएकी ती बालिकालाई स्थानीय १४ बर्षीया किशोरले शनिबार दिउँसो बालात्कार पछि भिरबाट लडाएर हत्या प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार बलात्कार पछि ती किशोरले बालिकालाई मकैबारीको भिरबाट झन्डै ४० मिटर तल धकेली हत्याको प्रयास गरेको बताए ।

बलात्कार पछि बालिकाको कानको सुन लुटिएको र भिरबाट लडाउँदा बालिकाले टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको नेपालगञ्जमा उपचार जारी रहेको छ ।

पीडित बालिकालाई उद्धार गरि शनिबार बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा स्वास्थ्य चेकजाँच र प्रारम्भीक उपचार गरिएको थियो । यहाँ उपचार संभव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो ।

बलात्कारमा संलग्न ती किशोर यसअघि चोरी अभियोगमा पक्राउ परेका थिए ।
उनी दिउँसो ती बालिकाको मामाको घरमा आँप खान भनेर गएका थिए ।

उनी रुखमा चढेपछि बालिकाको आमा लगाएत अन्य घर सदस्य घर भित्र गएपछि बालिकालाई ललाई फकाई मकैबारीमा लगेर जवरजस्ती बलात्कार गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

पीडित बालिकाको तर्फबाट माउली पक्षका हजुर बुवा आएर किटानी जाहेरी दिएका छन् । बुवा छोरीको उपचारको सिलसिलामा नेपालगञ्जमा रहेको हुँदा हजुर बुवा इप्रका तुलसीपुरमा आएर जाहेरी दर्ता गराएको डिएसपी अर्यालले जानकारी दिए ।

घटना शनिबार दिउँसो २ बजेतिर भएको आफन्तले बताएपनि प्रहरीलाई भने बेलुका ८ बजेतिर मात्रै सूचना प्राप्त भएको डिएसपी अर्यालले बताए ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *