२०८१ बैशाख २२ गते शनिवार

झनक बस्नेत दाङदेखि काठमाडौंसम्म खाली खुट्टा यात्रामा निस्किए


तुलसीपुर, साउन ७ । तुलसीपुरका एक युवाले पश्चिम दाङको अन्तिम सीमानाबाट शनिबारदेखि काठमाडौंसम्मका लागि खाली खुट्टा पैदल यात्रामा निस्किएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. – ११ जस्पुरका युवा झकन बस्नेतले दाङको अन्तिम सीमाना कर्णाली प्रदेशको सुर्खेत जिल्लाको बबई पुलदेखि खाली खुट्टा पैदाल यात्राको थालनी गरेका हुन ।

बस्नेत नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिकाका सहसचिव हुन ।

यात्राका क्रममा शनिबार बिहान साढे ८ बजेतिर आइपुगेका बस्नेतलाई जिल्लाको बबई गाउँपालिका वडा नं. ३ को पतेरी चोकमा स्थानीय सर्वसाधारणले स्वागत गरेका थिए ।

बाटोमा कलश राखेर, खादा, माला, अभिर लगाउनुका साथै सर्वसाधारणले बस्नेतलाई यात्रा सफलताको शुभकामनाको प्रतिक मानिने दही खुवाएका थिए ।

नेपाली काँग्र्रेस बबई – ३ का सभापति प्रेम नागबागले बस्नेतको स्वागतमा स्थानीय सर्वसाधारण स्वस्फूर्त रुपमा भेला भएर स्वागत तथा यात्रा सफलताको शुभकामना दिएको बताए ।

बस्नेले आफ्नो खाली खुट्टा यात्रा काँग्रेसका स्वर्गिय नेता खुमबहादुर खड्का प्रति सर्मपित रहेको जानकारी दिएका छन् ।

उनले जनचाहाना विपरित अन्तराष्ट्रिय दलालहरुको आडमा पैंशा खाएर धर्मनिरपेक्षता र संघीयता लादेर देशमा बिपद निम्त्याएको हुँदा त्यस्को अन्त्य हुनुपर्छ भन्ने नेता खड्काको बिचारलाई सार्थक तुल्याउन यात्रा सुरु गरेको बताएका छन ।

बिद्यमान विपददेखि मुक्त पाउनका लागि ‘जनप्रिय तथा दुरदर्सी नेता’ स्वर्गिय खड्काले हिन्दु महाअभियान चलाएको हुँदा त्यसलाई समर्थन गर्दै आँफुले खाली खुट्टा दाङ काठमाडौं पैदल यात्राको थालनी गरेको बस्नेतले बताएका छन् ।

स्वर्गिय खड्काको त्यही बिचारलाई आत्मसाथ गर्दै शिब भगवानलाई साँक्षी राखेर पहिला दाङदेखि काठमाडौं र पछि देशभर खाली खुट्टा पैदल यात्रा गर्ने बस्नेतले जानकारी दिएका छन् ।

उनले धर्मनिरपेक्षता र संघीयता हटाउनु पर्ने मागपनि गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *