२०८१ बैशाख २२ गते शनिवार

लागु औषध बिरुद्ध बिद्यालमा सचेतना कार्यक्रम


तुलसीपुर, साउन ७ । जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा लागु औषध बिरुद्ध बिद्यालय सचेतनामुलक कार्यक्रम घोराहीको एक बिद्यालयमा शुक्रबार गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरग घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित पतंजली योग समितिको सभाहलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा ज्ञानज्योती एजुकेशनल एकेडेमीको ब्यबस्थापनमा घोराही – १३ स्थित ज्ञानज्योती एजुकेशनल एकेडेमीमा सचेतना कार्यक्रम भएको हो ।

कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत बिद्यार्थीलाई प्रहरी सहायक निरीक्षक दिपक शर्माले लागु औषध भनेको के हो ? लागु औषधको असर, लागु औषध दुब्र्यसनीको लक्षण, दुब्र्यसनबाट बच्ने उपाय र कानुनी प्राबधान सम्बन्धमा सचेत गराएका थिए ।

कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यक लक्ष्मीप्रसाद बुढाले कार्यक्रम आयोजना गरि बिद्यार्थीलार्य सचेत र सजग बनाइ दिएको भन्दै धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *