२०८१ बैशाख २२ गते शनिवार

चोरीका मोटरसाइकलसहित ४ नाबालकसहित ७ जना पक्राउ

तुलसीपुर, साउन ७ । चोरीका मोटरसाइकलसहित सात जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्य चार जना नाबालकरहेको हुँदा उनीहरुलाई सार्वजनिक गरिएको छैन । तर, तीन जनालाई भने चोरीका ६ वटा मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. – ९ सखी घरभई हाल घोराही उपमहानगरपालिका वडा नं. १४ मा बस्दै आएका ३० वर्षीय भानु बुढा, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ छिल्लीकोट घर भइ हाल घोराही – ११ मा बस्दै आइरका मदन पुन र तुलसीपुर – १८ दुधरासका १८ वर्षीय बादल नेपालीलाई पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनीहरु तीन जना बिगत पाँचवर्षदेखि निरन्तर मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको खुल्न आएको जानकारी दिए ।

चोरी गरे लगत्तै वन जंगल, झाडी र आजकल मकैं बारीमा केही दिन मोटरसाइकल लुकाउन गरेको कुरा अनुसन्धानबाट खुलेको एसपी काफ्लेले बताए । लुकाएको मोटरसाइकल ग्राहक खोजेर तयार भएपछि निकालेर सम्बन्धित ठाउँमा उनीहरुले पु¥याउने गरेका थिए ।

दाङबाट चोरी गरेका मोटरसाइकल पहाडी जिल्लाहरु, रुपेन्देही लगाएतका ठाउँसम्म लगेर दश हजारदेखि ५० हजार मूल्यसम्म बिक्रि गरेको तथ्य खुलेको एसपी काफ्लेले जानकारी दिए ।

त्यस्तै केही मोटरसाइकलका पाटपूर्जा खोलेर ग्यारेजमा बेच्ने गरेको तथ्यपनि उजागर भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल मोडिफाइ गर्ने, फरक कलर गर्ने, नम्बर प्लेट अर्कै राखेर उनीहरु एक ठाउँबाट अर्कौ ठाउँ मोटरसाइकल पु¥याउने गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसक्रममा उनीहरुले चोरी गरेका लु ३७ प ८३४३ नम्वरको १२५, रा ६प ४१५४ नम्वरको १५० , रा २ प ९३४४ नम्वरको २२०, रा ६ व ४३०९ नम्वरको २०० रा ६ प ३३८८ नम्वरको १५० सिसीको पल्सर र लु ६० प ३४९१ यामाह मोटरसाइकल प्रहरीले सार्वजनिक गरेको थियो ।

केही समय पहिले मात्रै दाङ प्रहरीले चोरीका मोटरसाइकलसहित ११ जनालाई रुपन्देही पठाएको थियो ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *