२०८१ बैशाख २२ गते शनिवार

दाङका रजौरे र चौधरी द्धय केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


दाङ, साउन ६ । नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा दाङका तीन जना निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हेटौडामा उद्घाटन गरेको युनियनको नवौं महाधिबेशन अन्तरगत पहिलो दिन नै लुम्बिनी बाट तुलसीपुरकी नारायणी रजौरे, अन्जना चौधरी र घोराहीका लक्ष्मीमान चौधरी निर्विरोध निर्वाचित भएका हुन ।

अग्रज पत्रकार रजौरे राष्ट्रिय समाचार समितिको साविक राप्ती अंचल प्रमुख हुन ।

उनी भूगोल अन्तरगत लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *