२०८१ बैशाख २२ गते शनिवार

घोराहीका आमा छोरी र तुलसीपुरका एक चालक बिरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दा


तुलसीपुर,साउन ६ । दाङ घोराहीका एक आमा छोरी र तुलसीपुरका एक चालकलाई प्रहरीमा अपहरण तथा शरिर बन्धक सम्बन्धी मुद्दा परेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १० की ४० बर्षीया सीता केसी लामिछाने, उनकी २२ बर्षीया छोरी रोशनी लामिछाने र तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का २८ बर्षीय चालक शिशिर बादी अपहरण तथा शरिर बन्धक मुद्दा पछि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार साउन २ गते मेहन्दी लगाउने दिन रोशनीले स्थानीय एक साथीलाई मेहेन्दी लगाउन आफ्नो घरमा बोलाएकी थिइन ।
मेहेन्दी लगाएर सकेको केही बेरपछि तुलसीपुर ७ का बर्षीय शिशिर बादी बा ६ च ४७७६ नम्बरको स्कार्पियो लगेर रोशनीको घरमा पुगे ।
त्यो स्कार्पियो रोशनीकी आमा सीताले बोलाएकी थिइन ।
गाडी आएपछि आमा छोरी मिलेर ती युवतिलाई स्कार्पियो भित्र करकाप गरि बस्न लगाए ।
वरिपरी आमा छोरी बसे । बीचमा ती युवतिलाई राखे । तुलसीपुरतिर गाडी हुँइकिएपछि बल्ल ती युवति झल्यास्स भइन । सोधिन । मलाई कहाँ लैजान खोजेको ? उनीहरुले तुलसीपुर – ७ गणेशपुर बस्ने अन्दाजी ३५ बर्षीय प्रकाश वलीको घरमा लगेर बिहे गरिदिन खोजेको कुरा गरे । त्यसको उनले प्रतिबाद गरिन । गाडीको ढोका खोल्न खोजिन । तर, उनीहरुले ढोका खोल्न दिइएन । सीता प्रकाशकी नाताले अन्टी हुन ।

प्रकाश वली संग ती ब्याचलरमा अध्यनरत युवतिको राम्र्रै सम्बन्ध र चिनजान रहेको स्रोत बताउँछ । त्यसैले सीताका आमाछोरी ती युवतिलाई बलजफती प्रकाशरको घरमा पु¥याई उनीहरुको बिहे गराउन चाहान्थे ।
तर, त्यो कुराको युवतिले प्रतिबाद गरिन । जसो तसो बाटोबाटै युवतिले आफ्नो बुवालाई आँफुलाई बलजफति केटाको घरमा पु¥याउन खोजेको सूचना दिइन ।
त्यसपछि ती युवतिका बुवाले प्रहरीलाई खबर गरे । सहयोगको याचना गरे । इलाका प्रहरी कार्यालय तुलसीपुरलाई घटना बारे खबर भयो । त्यसपछि इप्रका बाट खटिएको प्रहरी टोलीले ती युवतिलाई उद्धार ग¥यो ।
प्रहरीले चालकसहित आमा छोरीलाई नियन्त्रणमा लियो ।
छोराीको आग्रहमा बुवाले चालक र आमा छोरी बिरुद्ध अपहरण, जवरजस्ती ओसार पसार तथा शरिरबन्धक शिर्षकमा मुद्दा दायर गरे ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्रप्रशाद रिजालका अनुसार पक्राउ परेकाहरुलाई थुनामा राखेर घटना अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद प्रदान गरेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *