२०८१ बैशाख २२ गते शनिवार

ब्राउन सुगरसिहत तुलसीपुरबाट ४ युवा पक्राउ


तुलसीपुर, साउन ६ । दाङको तुलसीपुरबाट चार युवा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउ परेका युवा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र ५ का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर – ६ को ज्ञानज्योति टोलका २१ बर्षीय अर्जुन नेपालीको साथबाट १ पुडिया ब्राउन सुगर र सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भको साथबाट ६ पुडिया, तुलसीपुर – ५ बसपार्कका २३ बर्षीय सञ्तोष बिकको साथबाट २ पुडिया र बसपार्क बस्ने २५ बर्षीय निर्मल घर्तीको १ पुडिया प्रतिबन्धित ब्राउन सुगर बरामद भएको डिएसपी अर्यालले बताए ।

तुलसीपुर – ६ स्थित शिवा शिखर कोलनी टोलमा लागु औषध ब्राउन सुगर बिक्रि बितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको आठ जना प्रहरीको टोलीले बिहीबार बेलुका ६ बजे उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका युवाहरुको साथबाट कुल १० पुडिया ब्राउन सुगरसहित नगद २३ हजार बरामद भएको डिएसपी अर्यालले जानकारी दिएका छन् ।

उनीहरुबाट बरामद ब्राउन सुगर प्लाष्टिक हटाएर तौल गर्दा ४ सय ९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवाहरु माथि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *