२०८१ बैशाख २२ गते शनिवार

१ सय २० बोरा मल किसानले सहकारीमा फिर्ता गरे

तुलसीपुर, साउन ५ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरीका किसानले एक सय २० बोरा मल सहकारीमा फिर्ता गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेडले किसानलाई प्रति बोरा दुई हजार पाँच सयका दरले बिक्रि गरेको ‘के गोल्ड’ नामक रासायनिक मलको बोरामा बालुवा र माटो फेला परेपछि किसान मल फिर्ता गरेका हुन ।

सहकारीकी प्रबन्धक सुनिता भण्डारीले किसानले झन्डै एक सय २० बोरा जति मल हालसम्म सहकारीमा फिर्ता ल्याएको जानकारी दिइन ।

सहकारीले उक्त रासायनिक मल कञ्चनपुरको सुधारत्न ट्रेडर्स एण्ड सप्लार्यबाट खरिद गरेर ल्याएको थियो ।
उक्त रासायनिक मलको गुणस्तरमा आशंका गर्दै किसानले मल फिर्ता गर्न थालेपछि सप्लायर्स संग कुरा गरेपछि उस्ले मल फिर्ता ल्याउन आग्रह गरेको भण्डारीले जानकारी दिइन ।

प्रकाशित मिति : २०७९ साउन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *