२०८३ भाद्र १२ गते शुक्रवार

वनको अतिक्रमन हटाइ सामुदायिक वन कायम

घोराही, साउन ४ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १६ मघैमा बर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएको छ ।

बर्षौदेखि अनाधिकृत रुपमा अतिक्रमण गरी जोतभोग समेत गर्दै आइएको ३ दशमलव ८५ हेक्टर वनमा कांढे तारबार गरेर स्थानीय समुदायलाई मघै सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ ।

अतिक्रमण हटाएर करिव ८ सय मिटर तारवार गरी २ हजार ४ सय बिरुवा रोपिएको छ । कपुर, कल्की, तेजपात, असना, खयर, सिसौ लगायतका प्रजातिका बिरुवा लगाइएको छ । अरु पनि बिरुवा रोपिने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

घोराही बजारको नजिक रहेको र पर्यापर्यटनको सम्भावना बोकेको उक्त क्षेत्रलाई आगामी दिनमा डिभिजन वन कार्यालय, स्थानीय तह तथा समुदायको संयुक्त पहलमा सहरी पार्कका रुपमा बिकास गर्ने लक्ष्य राखिएको छ ।

डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले अतिक्रमित क्षेत्र पुनः वन क्षेत्रमा परिणत भइ खाली क्षेत्रमा नयां वृक्षारोपण गरिएको बताए ।

बाँकी वन क्षेत्रलाई वन व्यवस्थापनका माध्यमवाट हरियाली बढाउने , बजारको नजिक भएकाले आन्तरिक पर्यटक समेत बृद्धि गर्ने लक्ष्य रहेको प्रमुख श्रेष्ठले जानकारी दिए ।

पछिल्लो एक बर्षमा अतिक्रमणको चपेटामा परको करिव ७ हेक्टर वन क्षेत्र अतिक्रमण हटाई पुनः वन क्षेत्र कायम गराएको कार्यालयले प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ साउन ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *