२०८२ चैत्र २८ गते शनिवार

दाङ–सल्यान सडक खण्ड खुल्यो

दाङ,साउन ३ । गएरातिदेखि बन्द रहेको राप्ती राजमार्गको दाङ-सल्यान खण्ड मङ्गलवार दिउँसोदेखि खुलेको छ ।

राजमार्गको दाङ(सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा बन्द भएको सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *