तुलसीपुर साउन ३ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले समृद्ध तुलसीपुरका लागि निवृत्त राष्ट्रसेवक कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताएका छन ।
नेपाल .निवृत्त राष्ट्रसेवक समाज संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले शिक्षक,प्रहरी,प्रशासनिक,प्राविधिक क्षेत्रमा क्रियाशील जनशक्तिसंग लामो अनुभव र ज्ञानको खानी भएकाले ती ज्ञान,सीप अनुभवलाई स्थानीय सरकार सञ्चालनका क्रममा उपयोगमा ल्याइने बताए ।
कार्यक्रमका प्रमुख अतिथि खड्काले पालिकाभित्र रहेको फजुल खर्च नियन्त्रण गरिने बताए । उनले विकास निर्माणका क्रममा कमसल खालको सामग्रीको प्रयोगले लामो समयसम्म नटिक्ने भत्कने समस्या आएकाले त्यस्ता क्रियाकलाप अन्त्य गरिने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख स्यानी चौधरीले विद्यार्थी ड्रप आउट समस्यालाई रोकिने बताइन । उनले सरकारी अस्पताल र विद्यालयलाई सुधार पहिलो प्राथमिकतामा रहेको बताइन ।
विपन्न समुदायका नागरिकलाई निशुल्करुपमा औषधी उपचारको व्यवस्था गरिने चौधरीले बताइन ।
समाजका अध्यक्ष निमकान्त ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव जनककुमार वलीले गरेका थिए ।