दाङ, साउन २ । लागु औषध मुद्दामा नौ बर्ष बढी जेल सजाए तोकिएका एक युवक पक्राउ परेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका – १५ का ३२ बर्षीय अजयकुमार चौधरीलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला अदालत बाँकेले २०७८ साल मंसिर ८ गते लागु औषध मुद्दामा ९ बर्ष २१ दिन जेल सजाएको फैसला सुनाएको थियो ।
त्यसपछि फरार रहँदै आएका चौधरीलाई गोप्य सूचनाका आधारमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले जानकारी दिए ।
पक्राउ परेका चौधरीलाई अदालत पेश गरिएको र अदालतको आदेशले साजय भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार