२०८२ चैत्र २८ गते शनिवार

तुलसीपुरमा कीर्तिमानी खेलाडी निशाको बिजय उत्सव (फोटोफिचर)

तुलसीपुर, साउन २ । दाङ तुलसीपुरकी कीर्तिमानी एथलेटिक्स खेलाडी १७ बर्षीया निशा चौधरीको स्वागत र सम्मानमा सोमबार बिहान तुलसीपुरमा बाजागाजागासहित ¥यालीको आयोजना भयो ।


उनी अध्यनरत तुलसीपुरस्थित ग्रेट अरनिको मावि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले निशाको सम्मान तथा स्वागतमा बाजागाजासहित ¥यालीको आयोजना गरिएको थियो । निशा उक्त बिद्यालयमा कक्षा १२ को परीक्षा दिएर बसेकी छिन ।


कीर्तिमानी खेलाडी निशा लगाएतलाई गाडीमा राखेर तुलसीपुर बजार परिकर्मा गराइएको थियो । ¥यालीका सहभागिहरुले हाइहाई निशा भन्ने जस्ता नाराहरु लगाएका थिए ।


¥यालीमा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, बिद्यालयका शिक्षक, बिद्यार्थी, खेलकुद संग सम्बन्धित बिभिन्न संघ संस्था र सर्वसाधारणकोसमेत सहभागिता रहेको थियो ।


बिद्यालयबाट सुरु भएको बिजय ¥याली फेरि बिद्यालयमा पुगेको थियो । त्यहाँपनि निशाको नाममा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा तुलसीपुरका मेयर खड्का, प्रमुख प्रशासकीय अधिकृत, प्रशिक्षक, खेलाडी र सर्वसाधारणको उपस्थिति थियो । ¥यालीका सहभागिहरुले नाच गान गर्दै निशालाई बधाई तथा शुभकामना दिएका थिए ।


निशाकी आमा चैती चौधरीले एसइई उत्तिर्ण पछि आर्थिक अवस्थाकै कारण निशालाई पढाउन सक्ने अवस्था नरहेको र त्यही समयमा बिद्यालयका शिक्षकहरु घरमा पुगेपछि निशुल्क पढ्न पाएको बताइन । निशाका बुवा लक्षिराम गरिबीकै कारण हाल रोजगारीको लागि भारतमा गएका छन ।


दुई दिदी र एक भाइसहित निशाले पनि हलोजोत्ने लगाएका घरायसी सबैकाम गर्ने गरेको बताउनु भयो । ती मध्य भाइले मात्रै कक्षा ९ मा पढ्छन् । निशाले १२औं राष्ट्रिय प्रतियोगितामा लगाउन जुत्ता किन्न नसकेर साथीको जुत्ता मागेर लगेकी थिइन । साथीको जुत्ता लगाएर दौड जितेकी थिइन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही गाउँकी निशाले असार अन्तिममा भएको १२ औं केन्द्रीय स्तरिय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा दूई ब्यक्तिगत र एक टिममा कीर्तिमान रच्न सफल खेलाडी हुन ।

निशाले एथलेटिक्समा आँफु भन्दा सिनियरको राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै बुधबार नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गर्न सफल भएकी हुन ।


यसअघिसम्म उक्त कीर्तिमान एपीएफकी शिला चौधरीको नाममा थियो । शिलाले सन २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान राखेकी थिइन । त्यस्तै निशाले मंगलबार एक सय मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन ।

१२.५३ सेकेन्डमा दौड पुरा गरि निशाले जुनियर तर्फको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन ।
यसअघि जुनियर तर्फको कीर्तिमान विपना परियारको नाममा थियो । उनले ५.०९ को टाइमिङमा स्पर्धा पुरा गरेकी थिइन ।
निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी छिन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितमा निशाले टिम तर्फपनि कीर्तिमान बनाउन सफल भइन । निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनीको टिमले ४ गुणा १ सय मिटर रिले ५४।२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो ।
यसअघिको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा रहेको थियो । पश्चिमाञ्चल टिमले ५४।४० सेकेन्डको कीर्तिमान कायम गरेकोमा निशासहितको टिमलाई त्यसलाई तोड्दै लुम्बिनीको नाममा कीर्तिमान लेखाउन सफल भएको हो ।


जीवनमै पहिलो पटक काठमाडौंमा पुगेकी निशाले बिना प्रशिक्षण दुई ब्यक्तिगत बिधामा राष्ट्रिय कीर्तिमान र एउटा टिम बिधामा राष्ट्रिय कीर्तिमान कायम गरेर सबैलाई चकित तुल्याएकी छिन् । त्यसैले आज उनी स्वएंम र दाङको नामसमेत खेलको माध्यमबाट केन्द्रमा सुनौलो अक्षरले कोर्ण सफल भएकी छिन् ।

तस्विर ः फरककोण ।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *