२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर कारागारमा एक सुत्केरी महिलालाई सामाग्री सहयोग

तुलसीपुर,साउन १ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर कारागारमा रहेकी एक सुत्केरी महिलालाई आवश्यक सामाग्रीहरु सहयोग गरेको छ ।

बाँकेको जानकी गाउँपालिका ४ खुद्रा खजुराकी मेनका थापा (नाम परिवर्तन) लाई आइतवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले सुत्केरी मसला,चामल,घयु,अण्डा,कुखुरा,लत्ताकपडा लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।

त्यस अवसरमा नगरप्रमुख खड्काले सुत्केरी महिलालाई पोषण युक्त सामाग्री सहयोग गरेर स्थानीय सरकारले अभिभावकत्व बहन गरेको बताए ।
उक्त महिलाले गत असार ६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा छोरा जन्माएकी हुन । उनले आफू अविवाहित भएको बताउदै आएकी छिन ।

जेलमै बेथा लागेपछि उनलाई सो अस्पताल पु¥याइएको थियो । त्यस अवसरमा तुलसीपुर कारागारका प्रमुख अमर बहादुर वलि,तुलसीपुर उपमहानगरपालिकाका विपद शाखाका संयोजक टोपबहादुर डांगी,जनस्वास्थ्य शाखाका सिहेव विष्णुकुमार गिरी लगाएतको उपस्थिती थियो ।

कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *