२०८२ असार ९ गते मङ्गलवार

एसटिएन टिभिको बार्षिकोत्सव


तुलसीपुर, साउन १ । दाङको तुलसीपुरबाट सञ्चालित एसटिएन टिभिको बार्षिकोत्सव शनिवार मनाईएको छ ।

२०६४ सालमा मोफसलमा पश्चिम नेपालकै पहिलो टिभी एसटीएनलाई नयाँ ब्यबस्थापनका साथ गत बर्ष असार ३२ गते देखि पुनः प्रशारणमा आएको हो ।

आरोह अवरोहका साथ डेढ दशक देखि नियमित रुपमा सञ्चालनमा रहेको एसटिएन टिभी पत्रकार सुशील बस्नेतको नेतृत्वमा नयाँ ब्यबस्थापनका साथ सुरु हुदा नयाँपन आएको फरककोण मिडिया प्रालिका अध्यक्ष एवम तुलसीपुर उधोग बाणिज्य संघका महासचिव बिनिल केसीले बताए ।

कार्यक्रममा प्रबन्ध निर्देशक सुशील बस्नेतले आम नागरिकको भावना र चाहनालाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने‘सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।’ कार्यक्रममा सहभागीहरुले विभिन्न सुझाव दिएका थिए ।

त्यस अवसरमा उत्कृष्ट रिपोर्टरमा निराजन डाङी, प्राबिधिकमा दिपक डाङी,समाचारमा आशिष केसी, नियमित र उत्कृष्ट कार्यक्रम सञ्चालन गर्ने शिबराज बस्नेत (जनतासग प्रतिनिधि), भिमलाल मरासिनी (शैक्षिक चौतारी, खुमानन्द अधिकारी ( अनुभव),मन्जु कडेँल (साहित्य माला), निराला गैरे अर्याल ( यात्रा) लाई नगद रुपैयाँ सहित सम्मान गरिएको छ ।

कार्यक्रमको सहजीकरण पत्रकार महेन्द्र महराले गरेका थिए ।

प्रकाशित मिति : २०७९ साउन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *