२०८३ भाद्र ३० गते मङ्गलवार

लायन्स र लियो क्लवद्धारा बृक्षारोपण


तुलसीपुर,असार ३२ । लायन्स क्लव अफ दाङ तुलसीपुरको भवन परिषरमा बृक्षारोपण गरिएको छ ।

शनिवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।

त्यस अवसरमा विभिन्न प्रजातिका २ सय बढी बिरुवा रोपिएको थियो ।

लायन्स क्लव अफ दाङका वर्ष २०२२ का अध्यक्ष लायन भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अनरी एडभाइजर लायन बिमल रिजालले बृक्षारोपण कार्यक्रमले नेपालमा बढ्दो जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्नमा सहयोग पुग्ने विस्वास व्यक्त गरे ।

त्यस अवसरमा लियो क्लव अफ दाङ तुलसीपुरका संस्थापक अध्यक्ष लायन धुर्वराज न्यौपानेले स्वच्छ,स्वस्थ,सुन्दर बाताबरण निर्माणमा बिरुवा रोप्ने अभियानले महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।

लायन्स क्लवको नियमित वार्षिक कार्यक्रम अन्तरगत पर्यावरणको संरक्षण तथा भू–क्षय नियन्त्रणको लागि बृक्षारोपण गरिएको उक्त कार्यक्रमका संयोजक लायन देवराज गौतमले जानकारी दिए ।

लायन्स क्लव अफ तुलसीपुर साहाराका अध्यक्ष लायन बिष्णु प्रसाद शर्माले धन्यावाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ दाङका सचिव पुर्ण भण्डारीले गरेका थिए ।

बृक्षारोपण कार्यक्रममा लायन्स क्लवका निवर्तमान अध्यक्ष,लियो क्लवका पुर्व अध्यक्षहरु,लायन्स क्लव अफ तुलसीपुर साहारा लगाएतको सहभागीता थियो ।

प्रकाशित मिति : २०७९ असार ३२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *