तुलसीपुर ,असार ३२ । अबदेखि दाङको राप्ती गाउँपालिका भर हुने सार्वजनिक कार्यक्रमहरुमा जंग फूड र प्लाष्टिकका माला तथा खादा प्रयोग गर्न पनाइने भएको छ ।
असार १९ गतेको कार्यापालिका बैठकले अबदेखि हुने कुनैपनि सार्वजनिक कार्यक्रमहरुमा प्लाष्टिक जन्य बस्तु र बजारमा किन्न पाइने कोल्ड डिंक्सहरु प्रयोग नगर्ने निर्णय गरेको हो ।
राप्ती गाउँपालिकाले असार ३० गतेको मितिमा जारी निर्णय शुक्रबार आफ्नो फेसबुक फेज मार्फत आधिकारिक रुपमा सार्वजनिक गरेको थियो ।
गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले गाउँपालिका क्षेत्र भित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, बिद्यालय, बैंकिङ तथा बित्तिय संस्था लगाएत पालिका भित्र सार्वजनिक कार्यक्रम गर्न चाहाने संघ संस्थाले रबर जन्य प्लाष्टिकका फूल माला, खादा आदि प्रयोग गर्न नपाउने निर्णय भएको जानकारी दिए ।
गाउँपालिकामा आयोजना हुने कुनैपनि सार्वजनिक कार्यक्रममा जंक फूड तथा कोल्ड ड्रिंक्स आदि प्रयोग गर्न नपाइने निर्णय गरेको छ । त्यस्ता जंक फूडको सट्टा स्थानीय रुपमा उत्पादिन प्राकृतिक तथा दूग्ध जन्य पदार्थको प्रयोगको प्रबन्ध गर्नुपर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
प्लाष्टिक जन्य फूल, माला र खादाको सट्टा गाउँपालिकाले सुतिको कपडाबाट निर्मित सेतो गम्छा प्रयोगमा ल्याउन प्रस्ताब गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए ।
यो संगै राप्ती गाउँपालिका जिल्लाका दश पालिकाहरु मध्य यस्तो निर्णय गर्ने पहिलो पालिका बनेको छ । यो पालिका लुम्बिनी प्रदेशको स्थायी राजधानीपनि हो । गत स्थानीय निर्वाचनका क्रममा यो पालिकामा नेकपा माओबादी केन्द्रका प्रकाश बिष्ट निर्वाचित भएका थिए ।
