तुलसीपुर, असार ३२ । दाङमा बाख्रा चराउन गएका एक एक किशोरको चट्याङ लागेर मृत्यु भएको छ ।
घोराही – १९ खानी गाउँको पोखरा डाँडामा बाख्रा चराउन गएका स्थानीय १५ बर्षीय शंकर बिकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो तीन बजेतिर परेको चट्याङबाट बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दिप बेलबासेले जानकारी दिए ।
त्यस्तै बंगलाचुली गाउँपालिमा बलेका चट्याङ लागेर थप तीन जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मुर्कुटीमा २७ बर्षीया आमा सकुन्तला वली र उनकी ११ बर्षीया छोरी बर्षा वली घाइते भएका छन् ।
उनीहरु घरमै बसेको समेयमा चट्याङले हानेको थियो । बंगलाचुली – ३ दाङबाङका ३२ बर्षीय घनश्याम महरापनि चट्याङ लागेर घाइते भएका छन् ।
बेलुकी पाँच बजेतिर परेको चट्याङले लागेर घाइते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी निरिक्षक बेलबासेले जानकारी दिए । घाइते सबैको अवस्था सुधारउन्मुख रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
