बुटवल,असार ३१ । बुटवलको मुख्य सडक खण्ड निर्माणको कामफेरि अलपत्र परेपछि बुटवल उपमहानगरपालिकाकाप्रमुखले असन्तुष्टि व्यक्त गरेका छन् ।
साढे ३ किलोमिटर सडक निर्माणमा ६ वर्षभन्दा बढी समय खर्चिने निर्माण कम्पनी र ताकेतानगर्ने डिभिजन सडक कार्यालय बुटवल र सडक विस्तार आयोजनाको भूमिकाप्रतिबुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले असन्तुष्टि व्यक्त गरेका हुन् ।
बुटवल उपमहानगरपालिकाले पटक पटक दबाब सिर्जना गर्दै अनुगमन गरेपछि केही दिन सडक निर्माणको काम भएपनि डिभिजन सडक कार्यालय र सडक विस्तार आयोजनाले चासो नदिदा निर्माण कम्पनीले विभिन्न बहानामा काम रोकेको छ ।
काम रोकिएपछि उपमहानगरपालिकाकाप्रमुख पाण्डेले वर्षायाम अघि नै काम पूरा गर्नुपर्नेमा विभिन्न बहानामा काम रोक्ने र काम रोक्नेलाई ताकेता नगर्ने डिभिजन सडक कार्यालय र विस्तार आयोजनाको भूमिकाले बुटवल क्षेत्रको मुुख्य सडकको दुर्दशाबनाएको बताए ।
‘यो सडक निर्माणको काममा भएको ढिलासुस्ती र लापरबाही देखेर म निर्वाचित भएर आउने बित्तिकै प्रमुखजिल्लाअधिकारी, डिभिजन सडक कार्यालय, विस्तार आयोजना, निर्माण कम्पनी,उद्योगीव्यवसायी र सरोकारवालासहितलाई राखेर असारभित्रकाम पूरा गर्ने गरी सहमति जुटाएका थियौं, उनले असन्तुष्टि व्यक्तगर्दै भने–तर, केहीदिन कामभयो, अनि उस्तै शैलीमा फर्कियो, यसको ठेक्कालगाउने, नियम नगर्ने सडक र विस्तार आयोजनाले चासो दिनुपर्ने हो किहोइन, त्यहाँकाकर्मचारीले जे जिम्मेवारी लिएर बसेका छन्, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने होइन र, बुटवललाई यो दुर्दशाबनाएर राख्न पाइन्छ?’
उनले काममा ढिलाई भएपछि आफुले निरन्तर अवलोकन र अनुगमन गरेर कामलाई तीब्रतादिएपनिनिरन्तरतादिने काममा सडक डिभिजन र विस्तार आयोजनाले कुनै चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘यहीअसार मसान्तमाकाम सक्ने प्रतिबद्धता जनाएको निर्माण कम्पनीको ठेक्काको म्याद सकिदैछ, उनले भने–काम पूरा गर्छु भनेको समयमा पूरा नगर्ने कम्पनीलाई नै म्यादथपगर्ने भन्ने सुन्दैछु, जुन समयमाकाम पूरा गर्छु भनेको थियो, त्यो समयभित्र पूरा नगर्नेले फेरि थपगरिएको समयमा पूरा गर्छ भन्ने कुरामा कसरी विश्वास गर्ने ?’
बुटवल उपमहानगरपालिकाको पहलमाभएको सहमतिअनुसार केहीदिन सडकका खाल्डा पुर्ने र पक्कीगर्ने काम शुरु भएपनिकामपूरा हुन सकेको छैन । भत्काएको सडक क्षेत्र र अलपत्रनालीकाकारण वर्षा लागेपछि सडक हिलाम्मे छ ।
ठूला ठूला खाडलका कारण दैनिक साना सवारी दुर्घटना भइरहेका छन् । निर्माण कम्पनीले काम रोकेपछि बुटवलको अस्पताल लाईन, ट्राफिक चोक, मिलनचोक, राजमार्ग चौराहाजस्ता स्थानमा रहेका खाल्डाका कारण सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ ।
मुख्य सडक क्षेत्रकाव्यवसायीहरुले सास्ती बेहोर्नुपरेको छ । बुटवल उद्योग वाणिज्य संघका अध्यक्षउज्ज्वलकसजू अस्तव्यस्त सडकका कारण कैयौं व्यवसायीविस्थापितभएको बताउँछन् । उनी भन्छन्–‘कोभिड १९ ले व्यवसायथला परेको थियो, गोलपार्कदेखि चौराहासम्मकाव्यवसायी धेरै विस्थापितभइसकेको अवस्था छ, बहालमाव्यवसायगरिरहेकाहरु झनै पीडित भएको अवस्था छ ।’
उनले सडक निर्माणको कामनिर्धारित समयभित्रै पूरा गर्न निरन्तर दबाबदिए पनि सडक डिभिजन र विस्तार आयोजनाले गम्भीरतापूर्वक काम गराउनचासो नदेखाएको बताए । ‘बुटवल उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि आइसकेपछि मेयरज्यूकै पहलमा सिडिओ, ठेकेदार, सडक डिभिजन र विस्तार आयोजनासहित बसेर छिटै नै बाँकी रहेको पक्कीगर्ने भन्ने सहमतिभएको थियो, केहीदिन त कामभयो,’–उनले भने–‘केहीदिनपछि फेरि उस्तै झारा टार्ने काम ठेकेदार कम्पनीले गरेको छ, सडक डिभिजन र सडक विस्तार आयोजनाले जतिचासो देखाउनुपर्ने हो देखाएनन् ।’
पटक पटकथपभएको समयमापनिकाम पूरा नगरी ८० प्रतिशतकामबाँकी राख्ने निर्माण कम्पनीलाई कारबाहीगर्नुको सट्टा डिभिजन सडक कार्यालय र बुटवल–बेलहियाव्यापारिक मार्ग विस्तार आयोजनानिर्माण कम्पनीको म्यादथपगर्ने तयारीमापुगेका छन् ।
सार्वजनिकखरिद ऐनको बाह्रौं संशोधन भएपछि सोहीव्यवस्थाअनुसार ठेकेदारलाई अझै एक वर्ष म्यादथप्न सकिने भएको छ । यहीआधारलाई टेकेर म्यादथपगर्न सकिने आयोजनाकाकार्यालय प्रमुखदीपकझाले बताए ।
उनले वर्षा शुुरु हुनअघि नै ठूला खाल्डा पुर्ने र दोहोरो यातायात सञ्चालनगर्नसकिने गरी ग्राबेल र ग्रिडिङ गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताए । ‘हामीले पनि धेरैपटक निर्माण कम्पनीलाई ताकेता गरेका छौं, तर अनेक बहानाबनाएर काममा ढिलासुस्तीभएको छ, उनले भने–अब ढिलासुस्तीहुँदैन, वर्षाअघि नै दुवै लेनमा गाडी चल्ने गरी सम्याएर पानीजम्मानहुने गरी सहजबनाउने काम हुन्छ ।’
उनले वर्षापछि मात्रै सडक पक्कीगर्ने काम शुरु हुने बताए । ‘वर्षाको समयमाखानेपानीकापाइप, विद्युतकापोल, सर्भिस लेनको काम, नालीको काम पूरा हुन्छ, उनले भने–त्यसपछि पक्की शुरु हुन्छ ।’ बुटवल–बेलहियाव्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक ३० महिनामा पूरा गर्ने गरी २०७३ चैत १२ मा सम्झौताभएको थियो ।
दुई वर्षअघि नै सकिनुपर्ने कामपूरा नभएपछि ०७९ असार मसान्तसम्म म्यादथप भएको थियो । निर्माण कम्पनी द कञ्चनजंघा÷बिरुवा जेभीले अन्तिम पटकका लागि भन्दै थपिएको म्याद पनि यहीअसार ३० गते सकिँदैछ । तर सडकको भौतिकप्रगतिहालसम्मकरिब ३०प्रतिशत मात्रै छ ।
२०७५ वैशाख १२ गते अदालतको आदेशले सडक निर्माणको बाटो खुलेपछि २०७७ जेठमा पूरा गर्ने गरी पहिलोपटक म्यादथपभएको थियो । सो अवधिमापनिकाम पूरा नभएपछि निर्माण कम्पनीको निवेदनअनुसार दोस्रो पटक म्यादथप भयो । २०७७ पुस १० गते मन्त्रिपरिषद् बैठकले २०७९ असार मसान्तसम्मका लागि म्यादथप गरेको थियो ।
साढे तीनकिलोमिटर सडक विस्तारको कामका लागि सुरुमा ४७ करोड २७लाख रुपैयाँमासम्झौताभएको थियो । निर्धारित समयमानिर्माण पूरा नभएपछिलागत बढेर ५३ करोड ९८ लाख रुपैयाँकायमगर्ने सम्झौताभएको थियो । ठेकेदार कम्पनीले हालसम्म १३ करोड ६४ लाख रुपैयाँभुक्तानी लगिसकेको बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले जनाएको छ ।