२०८२ जेष्ठ ११ गते शुक्रवार

प्रादेशिक आयुर्वेद चिकित्सालयमा जडिबुटी रोपण

तुलसीपुर,असार ३१ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा विभिन्न प्रजातिका जडिबुटीका बिरुवा रोपण गरिएको छ ।
अस्पतालको खाली जग्गा क्षेत्रमा बाह्रमसला,तेजपात,रुद्राक्ष,श्रीखण्ड,रक्त चन्दनलगायतका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको हो ।

त्यस्तै विभिन्न फलफूलका बिरुवा रोपण गरिएको आयुर्वेद अस्पतालका निमित्त निर्देशक डा सन्तोष ठाकुरले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का,प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,अस्पताल विकास समितिका अध्यक्ष कृष्ण बस्नेतलगायतका जनप्रतिनिधि,कर्मचारीहरुले जडिबुटी,फलफूलका बिरुवा रोपण गरेका थिए ।
त्यस्तै अस्पताललाई ३० शैयाबाट ५० शैयामा स्तरोन्नतिका लागि स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयलाई अनुरोध गर्ने भएको छ ।

शुक्रबार सम्पन्न अस्पताल विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *