२०८१ कार्तिक १९ गते सोमवार

तुलसीपुरलाई सुन्दर सहर बनाउन बृक्षारोपण

हरेक ठाउँ प्रदुषण मुक्त हुनुपर्छ ः मुख्य न्यायधिश गौतम

तुलसीपुर, ३१ असार । तुलसीपुरमा वृक्षारोपण गरिएको छ । नगरको वातावरणिय स्वच्छता र सुन्दर सहरका लागि तुलसीपुरको घोराही रोडमा विभिन्न सौन्दर्य प्रजाति तीन सय बिरुवा रोपिएको हो ।


रोपेको बिरुवा आफैले संरक्षण गर्ने गरी मानसरोबर होटलदेखि हात्तिखौवा चोकसम्म कपुर, गुलमहर, गुलाव लगायत सौन्दर्य प्रजातिका बिरुवा रोपिएको नगरका वातवरण तथा विपद व्यवस्थापन समितिका संयोजक वर्षात भण्डारीले जानकारी दिए ।

ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर अभियान अन्तरगत तुलसीपुरका विभिन्न ठाउँमा विरुवा रोप्ने रोप्ने काम भइरहेको उनले बताए । नगरले शुक्रबार घोराही रोडमा वृक्षारोपण गरेको हो ।

उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षता तथा उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस निता गौतम दिक्षितको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो ।

त्यस अवसरमा बोल्दै मुख्य न्यायधिस गौतमले हरेक ठाउँ प्रदुषणमुक्त हुनुपर्ने बताइन । उनले नगरलाई प्रदुषणमुक्त बनाउन वृक्षारोपण आवश्यक भएजस्तै अदालतमा पनि सबैले न्याय पाएको अनुभूति गर्ने गरि न्याय सम्पादन गरिरहेको बताइन ।

त्यस्तै नगरप्रमुख खड्काले बिरुवा रोप्ने मात्रै भन्दा बिरुवाको संरक्षण बढी आवश्यक भएकाले आफुले रोपेको बिरुवाको आफै संरक्षण गर्नुपर्नेमा जोड दिए ।


त्यस अवसरमा संविधान सभा सदस्य बुद्धिराम भण्डारीले नगरलाई सुन्दर र स्वच्छ बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।

बृक्षारोपण कार्यक्रममा नगरप्रमुख खड्का सहित उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल,सरसफाई अभियान्ता बिमल रिजाल,उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसी,सुरक्षा निकाय लगाएको सहभागिता रहेको थियो ।

डिभिजन बन कार्यालय दाङको सहयोगमा सहरी बन प्रवद्र्धन कार्यक्रम अन्तरगत बृक्षारोपण गरिएको उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख माधव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *