२०८३ भाद्र ३० गते मङ्गलवार

दक्षिण एसियाकै ठुलो उपत्यकामा तेह्रसय मिटर रनवेको एयरपोर्ट किन बनिरहेको छैन?

तुलसीपुर,असार ३१ । दुइ साता अघि तुलसीपुरमा प्रदेश पर्यटन परीषदले आयोजना गरेको आन्तरीक पर्यटन प्रवद्र्धनमा मिडियाको भुमिका विषयक कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका उपाध्यक्ष मीनराज भण्डारीले एयरपोर्टका विषयमा एउटा प्रश्न उठाए । प्रश्न थियो, दक्षिण एसियाकै दोस्रो ठुलो भनिएको दाङ उपत्यकामा तेह्र सय मिटिर रनवे भएको एयरपोर्ट बन्न किन यति धेरै सकस भो? ४२ सिटे जहाज अवतरण गराउन यति सानो विमानस्थल बनाउन नसकेपछि यहांको आन्तरीक पर्यटनको प्रवद्र्धन कसरी होला ।

त्यसो त दाङ उपत्यकालाइनै विश्वको पहिलो वा दोस्रो ठुलो उपत्यका भनिरहन कतै प्रमाणित तथ्य भेटिएको छैन । यद्धपि दाङबासीले प्रदेशको स्थाइ राजधानीकालागी आन्दोलन गरीरहंदा विश्वकै दोस्रो ठुलो उपत्यका भनेरदावी गरेका थियौं । प्रदेशसभाले जसोतसो स्थाइ मुकाम दाङलाइ घोषणा त गर्यो । तर अझै स्थापित भैसकेको छैन ।

प्रदेशको स्थाइ मुकाम भएको जिल्लाको एयरपोर्टमा भने सोह्र सिटे जहाज अवतरण गर्न समेत मस्कील भएको छ । नियमित सेवा छैन । आवस्यक परेको अवस्थामा सुत्केरी व्यथाले च्यापेका महिलालाइ पनि जहाजको टिकट सुनिश्चित छैन । एक्सिडेण्टका घाइतेलाइ पनि यो अवस्था छैन ।

प्रदेश पर्यटन परीषदकै कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकाश मन्त्री डिल्ली वहादुर चौधरीले यहां भएको एयरपोर्ट भुलेको सांचो भएको तर अव फेरी यसमा आफुहरु लागेको अभिव्यक्ति दिए । तर अभिव्यक्तिलाइ पुष्टि गर्ने बजेट आधार भने अझै खुलेको छैन ।

डिल्ली चौधरीकै भनाइमा यहा भएको एयरपोर्टको रनवे विस्तार गरेर ठुला जहाज अवतरण गर्न सक्ने बनाउनुको साटो यहांका नेताहरुले भुल गरे । ‘भएको एयरपोर्टको स्तरबृद्धि गर्न नसक्दै हामीले अर्को एयरपोर्टको अभ्यासमा जानु एउटा भुल थियो, तर अव यहांको एयरपोर्टलाइ लातमारेर नयां एयरपोर्टको परीकल्पना हुन सक्दैन’, मन्त्री चौधरीले भने ।

नागरीक उड्ययन तथा पर्यटन प्राधिकरणका जुन प्राविधिकले हालको एयरपोर्टलाइ यो डिजाइनमा कालोपत्रे गर्न लगाएका थिए, उनी प्राविधिक अहिले डिजि बनेका छन् । डिजि यो एयरपोर्टको रनवे बढाउन सकेसम्म दिने पक्षमा छैनन् भन्ने चौतर्फि अभिव्यक्ती सार्वजनिक भैरहंदा डिजि पोजेटिभ नभएको पनि मन्त्री चौधरीले स्वीकार गरे ।

सोहि कार्यक्रममा मन्त्री चौधरीले करीव ८० करोडमा एयरपोर्ट स्तरबृद्धि हुनेमा आफुहरु ढुक्क भएको बताउंदै यसलाइ यहि बर्ष टेण्डर गरी वहुवर्षिय योजनामा लैजाने पनि उल्लेख गरे । आगामि साउन महिनादेखिनै यसको प्रक्रिया सुरु हुने उनको दावी थियो । तर फेरी डिपिआरका कुरा आउन थालेका छन् ।

यसको मतलव तुलसीपुरको एयरपोर्टको स्तरबृद्धिको अभियानलाइ फेरी पछाडि धकेल्ने काम हुन थालेको छ । डिजि पोजेटिभ नभएसम्म यहांको एयरपोर्टको स्तरबृद्धि सकश भैरहने छ । पर्खौ डिजि कहिले रिटायर्ड हुन्छन् । किनकि व्युरोक्रेशिले चलाएको मुलुकमा नेताहरुको के लाग्छ र ?

यो विमान स्थलको स्तरबृद्धिको भाषण गर्न कुन मन्त्री आएनन र । माओवादी केन्द्रका प्रभावशाली नेता कृष्ण वहादुर महरा, मन्त्री लोकेन्द्र विष्ट, मन्त्री जिवन शाही, सिंचाइ मन्त्री दिपक गिरी, तात्कालिन मुख्यमन्त्री शंकर पोख्रेल लगायतका थुप्रै नेताहरुले एयरपोर्टलाइ भज्याएर मत मागे । तर यथार्थमा एयरपोर्टको रनवे विस्तारमा उनीहरुबाट भएका पहलहरु निरर्थक भएका छन् ।

भर्खरै नियुक्त भएका स्वास्थ्य राज्य मन्त्री हिरा चन्द्र केसीले दुइदिन तुलसीपुरमा रिपोटर्श क्लवले आयोजना गरेको कार्यक्रममा अर्को रहस्य खोले । एयरपोर्टको स्तरोन्नतीकालागी दुइ करोड बजेट आएको छ । यहि बजेटबाट निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने उनको आशा थियो, एवं सुझाव पनि थियो । दुइ करोड रुपैयाले एउटा कल्भर्ट समेत नबन्ने अवस्थामा संघिय राज्यमन्त्रीको एयरपोर्ट अभिव्यक्ति हास्यास्पद थियो ।

दुइ करोड रुपैयामा एयरपोर्टको रनवे विस्तार हुन्छ भन्ने सपना देख्ने मन्त्री पनि छन् । कसरी यो विमानस्थलको स्तरबृद्धि होला? आम नागरीकहरुको अनुत्तरीत प्रश्नलाइ जवाव दिनेगरी बजेट तथा निति कार्यक्रममा टरीगाउ विमानस्थलको स्तरबृद्धिका विषयमा अर्थपुर्ण रुपमा सम्वोधन भएन ।

टरीगाउ विमानस्थलको स्तरबृद्धिगर्न तुलसीपुरले के गरेन? सवथोक गरेको छ । स्थानिय निकाय जनप्रतिनिधि विहिन भएको अवस्थामा तुलसीपुर उद्योग वाणिज्यसंघले बन्द भैसकेको उडानलाइ जसोतसो चल्ने बनायो । त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले पनि यसरीनै अभियान थाल्यो ।

उपमहानगरपालिकाले वायुसेवा निगममै टिकट ग्यारेन्टी लिएर पैसा समेत डिपोजिट राखेर नेपाल वायु सेवा निगमको जहाज जसो तसो चलाइरहेको छ । तर त्यो जहाज ग्राउन्डेड भयो भने यो सेवा पनि ढुक्क छैन ।

तुलसीपुर उद्योग वाणिज्यसंघले थालेको एयरपोर्टको स्तरोनन्नतीकालागी खुत्रुकि अभियानमा एउटा कोटेशन फेरी जोडिएको छ । ‘एक घर एक ढुंगा, एक व्याक्ति एक इटा’, अर्थात जसरी पनि चिरो भाटेर सरकारलाइ टरीगाउ विमानस्थलको धावनमार्ग विस्तारकालागी नैतिक दवाव दिन । किनकि यहांका नेताहरुबाट टरीगाउ विमानस्थलको स्तरोन्नती हुनकालागी सार्थक पहल हुन सकेको छैन ।

पछिल्लो पटक फेरी एयरपोर्ट स्तरबृद्धि अभियानमा जोडिएका तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष राम प्रसाद चालिसे खुत्रुके अभियान चलाए, फेरी रनवेको ढल्की ढल्की नापजांच गराए । प्राविधिक प्रतिवेदन लिएर बजेट आउनु अघिनै राजधानी डेलिगेशनमा समेत गए । तर बजेट भने अर्थपुर्ण रुपमा आएन । मानौं सरकारी अधिकारीहरु टरीगाउ विमानस्थलको हतपती स्तरबृद्धि रोक्ने दाउमा छन् । किनकि कि पोइन्टमा पुगेका सरकारी अधिकारीहरु रुपन्देहि र नेपालगन्जको प्रभावमा छन् ।

यदि तुलसीपुरमा स्तरीय विमानस्थल बन्यो र सवैले यहि विमानस्थलबाट राजधानी लगायत अन्य जिल्लामा पनि हवाइ सेवा सन्चालन गर्न सके भने त्यसको प्रत्यक्ष रुपमा व्यवसायीक लाभ नेपालगन्ज र रुपन्देहिले लिने छन् । अन्ततः माननिय स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीकै अभिव्यक्तिलाइ विश्वास गर्ने हो भने दुइ करोड बजेटले एयरपोर्ट स्तरबृद्धिको कुनैपनि प्रक्रिया सुरु हुने छैन । किनकि यो बजेटले त डिपिआरको पैसा पनि पुग्ने छैन ।

किनकि विसं २०११ शालदेखिनै हवाइसेवा सुरु गरेको एउटा इतिहास बोकेको यो विमानस्थलमा राज्यको धेरै लगानी भैसकेको छ । टर्मिनल भवन बनिसकेको छ । स्तरीय सन्चार उपकरणहरु जडान भैसकेका छन् । इन्धन रिफिल गर्नकालागी हवाइ इन्धन डिपो निर्माणको काम सकिन थालिसकेो छ ।

हामीलाइ चाहिएको धावनमार्गको केहि लम्वाइ बढाउने त हो । तर आउदो साउन देखि सुरु हुने आर्थिक बर्षको बजेटमा दुइ करोड रुपैया मात्र यो विमानस्थललाइ पर्ने हो भने फेरी सकस भो रनवे विस्तार ।

प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *