जुम्ला,असार ३१ । जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसामा पहिरो जाँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
राति १ बजेतिर पहिरो जाँदा पावर हाउसमा बस्दै आएका तीन जनाको मृत्यु भएको हो ।
पावर हावसका चौकीदार गोरखबहादुर राउतकी श्रीमती विमला राउत, ९ वर्षका छोरा भरत र ७ वर्षका अर्का छोरा सूर्यको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनीहरु सुतिरहेको बेला पहिरो गएको थियो ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप जानकारी आउन बाँकी छ ।
प्रकाशित मिति : २०७९ असार ३१ गते शुक्रवार