२०८२ चैत्र २ गते सोमवार

नाबालकलाई प्रयोग गरी सुनको सिक्री चोरी गर्ने पक्राउ

रुपन्देही,असार ३० । रुपन्देहीमा नाबालकलाई प्रयोग गरी सुनका गरगहना चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीले पर्सा जिल्लाको पटेर्बा सुगौली घर भइ रुपन्देहीको कञ्चन गाउँपालिका–४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नटलाई पक्राउ गरेको हो ।

उनीसँगै ११ र १२ वर्षका दुई जना बालक पनि पक्राउ परेका छन् । विजयले ती बालकहरुलाई प्रलोभनमा पारि चोरीका लागि प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

बनकसियामा रहेको हाटबजारमा तरकारी किनिरहेकी स्थानीय ७० वर्षीया वृद्धा चमेली थापाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री दुई जना बालकले चोरी गरेपछि अनुसन्धान गर्दै जाँदा उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ । प्रहरीले सिक्री पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *