२०८२ माघ २५ गते आइतवार

तुलसीपुरको सामुहिक बलात्कार काण्ड – तीन पूर्पक्षालागि थुनमा , एक जना सुधार गृहमा पठाइए


तुलसीपुर, असार २९ । तुलसीपुरमा तुलसीपुरको सामुहिक बलात्कार काण्ड – तीन पूर्पक्षालागि थुनमा पठाइएका छन भने एक जना नाबालकलाई सुधार गृहमा पठाइएको छ ।

सामुहिक बलात्कारमा संलग्न मध्यका अर्जुन विक काठमाडौंबाट पक्राउ परेका छन् ।

बिकलाई दुई दिन अघि प्रहरी बृत सिंहदरवारको सहयोगमा पक्राउ पछि दाङ ल्याइ बुधबार जिल्ला अदालतमा उपस्थित गराइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

गत असार २ गते राति ९ बजे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्ककी २५ बर्षीया अपाङ्गता भएकी युवतिलाई तुलसीपुर – ९ बेलुवाको एक निर्माणाधिन घरमा सामुहिक बलात्कार गरेका मध्य बेलुवाका २५ बर्षीय कमल चौधरी, सोही ठाउँका २४ बर्षीय शंकर बिक, २० बर्षीय अर्जुन बिक र एक १६ बर्षीय किशोरले सामुहिक बलात्कार गरेको पीडित युवतिका तर्फबाट परिवारले इलाका प्रहरी कार्यालय तुलसीपुरमा असार ३ गते जाहेरी दिएका थिए ।

आरोपित मध्य अन्य तीन जना यसअघि नै बिभिन्न समयमा पक्राउ परेका भएपनि तुलसीपुर – ९ बेलुवाका २० बर्षीय अर्जुन बिक दुई दिन अघि काठमाडौंमा पक्राउ परेका थिए ।

पक्राउ पछि असार २८ गते दाङ ल्याइएका बिकलाई असार २९ गते अदालतमा पेश गरिएको थियो ।

सामुहिक बलात्कारमा संलग्न मध्य जिल्ला अदालतको आदेशले असार २८ गते शंकर बिकलाई कारागार चलान गर्न आदेश भएको थियो ।
त्यस्तै कमल चौधरीसंग अदालतले एक लाख रुपैंया धरौटी माग गरेकोमा तोकिएको रकम बुझाउन नसकेपछि उनीपनि कारागार चलान भइसकेका छन् ।

त्यस्तै १६ बर्षीय कान्छी भनिने किशोर भने नाबालक रहेको हुँदा बालसुधार गृह नेपालगञ्जमा पठाउन अदालतले आदेश दिएको थियो ।

पछिल्लो समय काठमाडौंबाट पक्राउ परेका मध्य २० बर्षीय अर्जुन बिकलाई बुधबार अदालत उपस्थित गराइएकोमा उनलाई पनि अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *