२०८१ कार्तिक २३ गते शुक्रवार

दंगीशरणको एक विद्यालयमा दैनिक विद्यार्थी बिरामी पर्न थालेपछि साउन १३ गतेसम्म विद्यालय बन्द हुने

प्रमोद आचार्य,दंगीशरण,असार २९ । दंगीशरण गाउँपालिका वडा न. ७ मा रहेको ज्ञानज्योति प्राथमिक बिद्यालय बोगटिमा अध्ययनरत अधिकांस विद्यार्थीहरु एक्कासी बिरामि परेका छन ।

पेट दुख्ने ,खुट्टा दुख्ने ,चिच्याउने , छट्पटी गर्ने लक्षण सहित बिरामि परेपछि श्रीगाउ प्राथमिक स्वास्थ्य केन्द्र बागरको डाक्टरको टोली सहित विद्यालयमा पुगि बिरामी परेका विद्यार्थीहरुको स्वास्थ्य चेकजाच समेत गरेको छ ।

पठनपाठन भइरहेको समयमै कक्षा ५ का ७/८ जना विद्यार्थी एक्कासि कराउने पेट दुख्ने छट्पटी हुने समस्या देखिएपछि विद्यालयका प्रध्यानाध्यापक यमकुमारी बस्नेतले गाउँपालिकामा खबर गराएकी थिइन ।

त्यसपश्चात गाउँपालिका अध्यक्ष शम्भु गिरी सहित शिक्षा प्रमुख बिनोद अधिकारी तत्काल विद्यालयमा पुगी विद्यार्थीको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै विद्यालयको भौतिक अबस्थाबारे समेत जानकारी लिएका थिए ।

स्वास्थ्य टोलिमा गएका डाक्टर कृस्ण घर्तिका अनुसार Mass conversion disorder का कारण विद्यार्थीहरुमा उक्त समस्या देखा परेको बताए । बढ्दो गर्मिका कारण विद्यार्थीहरु दैनिक फरक – फरक किसिमको लक्षण सहित बिरामी पर्न थालेपछि आजैदेखि साउन १३ गतेसम्म उक्त बिधालय बन्द गर्न शिक्षा शाखा प्रमुख बिनोद अधिकारिले निर्देशन समेत दिए ।

यस्तै पालिका अध्यक्ष शम्भु गिरिले विद्यालयको भौतिक अवस्थाबारे बुझ्दै कक्षाकोठामा पंखा सहित उपयुक्त कक्षाकोठा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *