२०८२ कार्तिक २५ गते मङ्गलवार

दाङमा सर्पले डस्दा एक जनाको मृत्यु

दाङ,असार २९ । सर्पले डस्दा दाङमा एक जनाको मृत्यु भएको छ । सर्पले डस्का अर्का एक जना बिरामी भएका छन् ।

सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।

यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी भएका छन । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ असार २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *